Home      Affiliated Colleges      Course content      First Sem     Second Sem     Third Sem     Fourth Sem     Fifth Sem     Sixth Sem     Seventh Sem     Eighth Sem     Lab report 4th sem     Contact    

Friday, December 16, 2011

Blogging Workshop by CSIT Association of Nepal

ब्लगिङ्ग वर्कसपका अनुभवहरुः
(My Blogging Workshop Experience as a Presenter)

पाटन कलेजमा मेरो अनुभव

सुरा र सुन्दरीहरु आइरहन्छन् र गइरहन्छन्
तर हामीहरुले हार खानुहुँदैन ।।
Veekay Pandey presenting on Blogging workshop organized by CSIT Association of Nepal
ब्लगिङ वर्कसपको पहिलो दिन नागार्जुना कलेजमा


यस्तै यस्तै वाक्याशंहरु पाटन कलेजका कक्षाकोठामा प्रशस्तै थिए । मनमनै पाटन कलेजका विद्यार्थीहरु ब्लगर बन्न लायकका रहेछन् भन्ने मलाई लाग्यो । आखिर म ब्लगिङ्ग वर्कसपको प्रिजेन्टरका रुपमा गएको थिएँ, त्यसैले त्यही कुराबाटै प्रिजेन्टेसन सुरु गरें । कक्षाकोठामा हाँसो फैलियो, अनि मेरो डर पनि बिस्तारै हराउँदै गयो । यसभन्दा पहिले कक्षाकोठा पुरापुर भरिएको कार्यक्रममा कहिल्यै बोलेको थिइँन ।

नागार्जुना कलेजमा मेरो अनुभव

गेटबाट भित्र छिरेपछि administration, administration बाट छिरेपछि कम्प्युटर ल्याब, कम्प्युटर ल्याबमा सबै लाइक, कमेन्ट र च्याटिङ्गमा ब्यस्त । म नागार्जुना कलेजमा छिर्दा यस्तैयस्तै थियो । ब्लगिङ्ग वर्कसपको पहिलो दिन तर थोरै तयारी, हतारहतारमा म त्यहाँ पुगेको थिएँ । अझ final presentation slide नपरेर अर्कै परेछ, लौ बर्बाद ! तर पनि मैले राम्रैसँग presentation दिएँ , चालै पाएनन् भाइबहिनीहरुले । Live Demo मा त्यहाँकी बहिनीले “सर , यो कसरी ” भनेर सोध्दा आफूलाई ठूलो भएछु जस्तो लाग्यो ।

एम्बिसन कलेजमा मेरो अनुभव
Veekay Pandey presenting on Blogging workshop organized by CSIT Association of Nepal
मैले प्रिजेन्टेसन सकिसकेपछि म र साथीहरु प्राक्टिकल्ली सिकाउंदै


दिउँसो २ बजे कार्यक्रम सुरु हुने योजना थियो तर २:३० बजे सम्म नयाँ बानेश्वर चोक ! हतारहतारमा जाँदा प्यासले मुख पुरै सुकेको थियो , तर एम्बिसन कलेज जाँदाजाँदै पानी खाने साइत जुरेन, प्रोग्राम सुचारु... लौ खत्तम, मुख त पुरै प्याकप्याक्ती ! अझ वारदेखि पारसम्म कलेज ड्रेसमा भाइबहिनीलाई देख्दा साह्रै डर लाग्यो, त्यस्तो आजसम्म मलाई भएको थिएन । त्यसै माथि एउटा भाइको प्रश्न, प्रश्न साह्रै सजिलो तर डराइ’रा बेलामा अक्क न बक्क ! “एकदम राम्रो प्रश्न” भनेर उत्तर दिन थालें, सायद एम्बिसन कलेजका भाइबहिनीले चाल पाएको हुनुपर्छ ।




डियरवाक कलेजमा मेरो अनुभव

डियरवाक कलेज यार, राम्रो सम्भावना भएको कलेज ! मन त्यसै त्यसै आत्तिएको थियो । तर त्यहाँ चाहिँ डर लागेन । Live demo पछि त्यहीँकी एउटी बहिनीको blog लाई प्रोजेक्टरमा show गरुँ भन्दा blogger को warning “This blog may contain some adult contents !” अचम्मै लाग्यो ।

न्यू समिट कलेजमा मेरो अनुभव

मैले plus two पढेको कलेज, त्यहीँ आएर demo देखाउन पाउँदा आफैलाई खुशी लाइरा’छ भन्न नपाउँदै तालीको स्वागत, New Summit College मा पनि राम्रो भयो । त्यहाँको vice principalअसाध्यै राम्रो लाग्यो ।

नोट: यो कार्यक्रम CSIT Association of Nepal ले राजधानीका  BSc CSIT पढाइ हुने सबै क्याम्पसहरुमा गरेको थियो.

(फोटो साभार: प्रकाश न्यौपाने)




^ Scroll to Top Related Posts with Thumbnails ^ Go to Top